दफा ३३
आपराधिक षड्यन्त्र गर्न नहुने

(१) कसैले कुनै आपराधिक षड्यन्त्र गर्न हुँदैन ।
(२) दुई वा दुईभन्दा बढी व्यक्तिहरुले कुनै कसूर गर्न वा गराउन मन्जुर गरी कुनै एकजना मात्र वा दुई वा दुईभन्दा बढी व्यक्तिहरुलेकुनै कार्य गरेमा निजहरुले आपराधिक षड्यन्त्र गरेको मानिने छ ।
(३) जघन्य वा गम्भीर प्रकृतिको कसूरको आपराधिक षड्यन्त्र गर्ने वा गराउने व्यक्तिलाई यस संहिता मा अन्यत्र छुटैृ सजायको व्यवस्था भएकोमासोही बमोजिम र नभएकोमा देहाय बमोजिम सजाय हुनेछः–
(क) आपराधिक षड्यन्त्र बमोजिमको कसूर गरेको भए त्यस्तो कसूर गरे सरहको सजाय,
(ख) आपराधिक षड्यन्त्र बमोजिमको कसूर नभई अन्य कसूर भएकोमा त्यस्तो कसूर त्यस्तो षड्यन्त्रकार्यान्वयनको सिलसिलामा वा त्यसैको सम्भावित परिणामस्वरुप भएको रहेछ भने त्यस्तो कसूर बापत हुनेसजाय,
(ग) आपराधिक षड्यन्त्र बमोजिमको कसूरको अतिरिक्त अन्य कसूर पनि भएकोमा त्यस्तो कसूर पनि सोही षडयन्त्रकार्यान्वयनको सिलसिलामा वा त्यसैको सम्भावित परिणामस्वरुप भएको रहेछ भने त्यस्तो कसूरको समेत थपसजाय,
(घ) आपराधिक षडयन्त्र गर्ने कार्य पूरा भई नसकेको भएमा त्यस्तो कसूरमा हुने सजायको आधा सजाय ।